US Khabar

गम्भीर बिषयमा हल्का नबन्न भारतीय मिडियालाई परराष्ट् मन्त्री ज्ञवालीको आग्रह

- Admin | ३ वर्ष पहिले प्रकाशित

गम्भीर बिषयमा हल्का नबन्न भारतीय मिडियालाई परराष्ट् मन्त्री ज्ञवालीको आग्रह

टेक्सास,

परराष्ट् मन्त्री प्रदिपकुमार ज्ञवालीले फिल्मी शैलीमा समाचार नबनाउन भारतिय मिडियालाई आग्रह गर्नुभएको छ । अमेरिकामा रहेका पत्रकार सूर्य थापासंग भिडियो संवाद कार्यक्रम यु स्टाट अगेनका लागि प्रत्यक्ष कुराकानी गर्नुहुंदै सिमा बिबाद जस्तो गम्भिर बिषयमा फिल्मी शैलीमा समाचार बनाएर जनतामा भ्रम सृजना नगर्न आग्रह गर्नुभएको हो ।

पत्रकार थापाले नेपाल सरकारले नयां सिमाना जारी गरेपछि भारतिय मिडियामा नेपाललाई चिन तर्फ लागेको आरोपलाई कसरी हेर्नुहुन्छ भन्ने प्रश्नको जवाफ दिंदै मन्त्री ज्ञवालीले भन्नुभयो हिन्दी फिल्म पिप्ली लाईभको उदाहरण दिंदै भारतिय मिडियाहरुलाई कुटनितीक माध्यमबाट समाधान गर्ने जस्तो गम्भिर बिषयलाई यस्तो हल्का नबनाउन आग्रह गर्नुभयो । नेपाल वा भारतका मिडिया कसैले पनि यो बिषयलाई हल्का रुपमा लिन नहुने मन्त्री ज्ञवालीको भनाई थियो ।

सरकार गम्भीरताका साथ लागेको र चांडै नै नक्सामा आए अनुसारको जमिन पनि फिर्ता ल्याउने मन्त्री ज्ञवालीले बिश्वास दिलाउनुभयो । यतिबेला भारत, खाडि मुलुक, युरोप, अमेरिका लगायतका देशमा रहेका नेपालीहरु नेपाल जान चाहेको बेलामा पनि किन सरकारले उचित सहयोग गर्न नसकेको भन्ने प्रश्नमा मन्त्री ज्ञवालीले सरकारले प्राथमिकताका आधारमा स्वदेश फर्काउने योजना बनाएको बताउनुभयो । सरकारले चाहेर पनि बिदेशबाट सबै जना एकैसाथ ल्याउन नसक्ने अवस्था बुझिदिन मन्त्री ज्ञवालीको आग्रह छ । मन्त्री ज्ञवालीले भन्नुभयो हामी कुन देशमा रहेका नागरिकलाई कस्तो समस्या छ, त्यो हेरेर धेरै समस्यामा परेकालाई चांडै ल्याउने र बिस्तारै चाहे जती सबैलाई ल्याउने सरकारको तयारी रहेको बताउनुभयो ।

मन्त्री ज्ञवालीका अनुसार सरकारले नेपालीहरु रहेका सबै देशका सरकार प्रमुख वा मन्त्रीहरुसंग कुरा गरेर त्यंहा रहेका नेपालीहरुको सुरक्षाको बारेमा बिश्वस्त पारेको पनि बिश्वास दिलाउनुभएको छ ।

मन्त्री ज्ञवालीसंग गरिएको सम्पुर्ण भिडियो संवाद हेर्न यस लिंकमा क्लीक गर्नुहोस् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">