US Khabar

बिराटनगरका चौहानको हत्या उनकै दुई छोराले गरेको खुलासा-घरभित्रै गाडिएको अवस्थामा शव फेला

- Admin | ३ वर्ष पहिले प्रकाशित

बिराटनगरका चौहानको हत्या उनकै दुई छोराले गरेको खुलासा-घरभित्रै गाडिएको अवस्थामा शव फेला

आफ्नै बाबुको हत्या अभियोगमा बिराटनगरका दुई दाजुभाई पक्राउ परेका छन् । विराटनगर महागरपालिका–१४ का ५५ बर्षिय सत्यराम चौहानको हत्या अभियोगमा उनैका जेठो छोरा रोहित चौहान र माहिलो छोरा नागेन्द्र चौहान पक्राउ परेका हुन् ।

बिहीबार पक्राउ परेका उनिहरुले आफ्ना बुवा सत्यरामको हत्या गरेर घरभित्रै सुत्ने खाटको छेउमा लगभग तीन फिट गहिरो खाल्डो खनेर गाडेका थिए ।

प्रहरीको अनुसन्धान पछि छोराहरुले नै सत्यरामको हत्या गरेर गाडेको पुष्टी भएसंगै उनको शव घरभित्रको खाल्टोबाट निकालिएको थियो ।
मोरङ प्रहरीका अनुसार पैसाको लेनदेनको विषयमा बाबु र छोराहरुको विवाद बढ्दै गएपछि उनिहरुले सत्यरामको हत्या गरेर शव घरभित्रै गाडेका हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">