US Khabar

अमेरिकामा कोरोनाबाट गोरा भन्दा कालो बर्णकाहरुको मृत्यु ३ गुणा बढि

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिकामा कोरोनाबाट गोरा भन्दा कालो बर्णकाहरुको मृत्यु ३ गुणा बढि

विश्वब्यापी महामारी कोभिड १९ को उच्च जोखिममा रहेको अमेरिकामा मृत्यु हुनेहरु मध्य काला बर्णका ब्यक्तीहरु धेरै रहेको तथ्याकं आएको छ । एपीएम रिसर्चले गरेको अनुसन्धानको तथ्याकं अनुसार अमेरिकामा कोरोनाबाट मृत्यु हुनेहरुमा गोराहरुको तुलनामा कालो बर्णकाहरु ३ गुणा बढि रहेको बताईएको हो ।

अमेरिका कतिपय प्रान्तमा गोराको तुलनामा कालाको मृत्यु सातौं गुना बढी देखिएको छ भने सम्पुर्ण अमेरिकाको तथ्याकं हेर्दा कालो बर्णका अफ्रिकी अमेरिकी नागरिकको मृत्यु गोराको तुलनामा तीन गुणा बढी भएको देखिन्छ । सो तथ्याकं अनुसार कोरोना भाइरसका कारण मृत्यु हुने अफ्रिकी अमेरिकीहरुको ५०.३ प्रतिशत छ भने गोराहरुको २०.७ प्रतिसत छ । जसमध्य ल्याटिन अमेरिकीकी २२.९ र एसियन अमेरिकीकी २२.७ छ ।

ट्रम्प प्रशासनले गोरा र कालाहरुको स्वास्थ्य असमानताका कारण कालाहरुको बढी मृत्यु भएको बताएको छ । तथ्याकं अनुसार प्रत्येक २ हजार जनामा १ जना काला अमेरिकीको कोरोना भाइरसका कारण मृत्यु भएको देखिन्छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">