US Khabar

अमेरिकामा कोरोना संक्रमितहरुको संख्या उल्लेख्य मात्रामा घट्दै गएको छ – राष्ट्रपति ट्रम्प

- Admin | ३ वर्ष पहिले प्रकाशित

अमेरिकामा कोरोना संक्रमितहरुको संख्या उल्लेख्य मात्रामा घट्दै गएको छ – राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताए । उनले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिए ।

राष्ट्रपति ट्रम्पले भने, अमेरिकाभरमा कोरोना भाइरसको संक्रमण दरमा उल्लेख्य मात्रामा कमी आएको छ, यसबाट थोरै भए पनि आशा जागेको छ ।

उनले शनिबार आफ्नो ट्वीट अकाउन्टमा लेखेका छन् । यो धेरै राम्रो समाचार हो कि अमेरिकाभरमा कोरोना भाइरसको संक्रमणमा कमी आएको छ ।

अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जनाएअनुसार त्यहाँ १४ लाख ८६ हजार ४२३ जना संक्रमित छन् । साथै यहाँ ८९ हजार ५५० जनाको ज्यान गएको छ ।

अप्रिलमा अमेरिकामा दैनिक कम्तीमा ३६ हजार जना संक्रमित हुने गरेकोमा अहिले भने त्यसमा उल्लेख्य कमी आएको बताइएको छ । (रासस/एएनआई)

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">