भारतले कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन अबधी पुन थप गरेको छ । संक्रमित र मृतकको संख्या बढ्दै गएपछि भारतले मे ३१ अर्थात जेठ १८ सम्मका लागि लकडाउन थप गरेको हो ।
गत चैत दोस्रो साताबाट लकडाउन घोषणा गरेको भारतले चौथो चरणमा लकडाउनको अवधि थपेको हो ।
हालसम्म ९१ हजार बढी संक्रमित रहेको भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ८ सय भन्दा माथी रहेको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले चौथो चरणको लकडाउन फरक हुने बताएका छन् ।
प्रतिक्रिया