नेपालमा पहिलो पटक कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । स्वाब जाँच गर्दा कोरोना पोजेटिभ देखिएको २९ वर्षकी ती महिलाको बिहीबार राति उपचारको क्रममा मृत्यु भएको हो ।
बैशाख २३ गते काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा बच्चा जन्माएकी उनलाई बिहीबार साँझ सिन्धुपाल्चोकको बाह्रबिसेबाट स्वासप्रस्वासमा समस्या भएपछि उपचारका लागि उनलाई धुलिखेल अस्पताल ल्याईएको थियो । उपचारका क्रममा नै उनको मृत्यु भएको हो ।
स्वासप्रश्वासमा समस्या भएपछि उपचारको क्रममा अस्पताल ल्याइएकी उनको सुरुमा आरडीटी पोजिटिभ देखीएकी उनिमा पीसीआर पनि पोजिटिभ आएसंगै उनको मृत्युको कारण कोरोना संक्रमण भएको पुष्टी भएको छ ।
प्रतिक्रिया