US Khabar

कार्यवाहक वडाध्यक्ष निरौलालाई खुकुरी प्रहार गर्ने युवा पक्राउ

- Admin | ३ वर्ष पहिले प्रकाशित

कार्यवाहक वडाध्यक्ष निरौलालाई खुकुरी प्रहार गर्ने युवा पक्राउ

संखुवासभा खाँदबारी नगरपालिका वडा नं. ५ का कार्यवाहक वडाध्यक्ष श्याम निरौलालाई खुकुरी प्रहार गर्ने युवा पक्राउ परेका छन्।

प्रहरीले २८ वर्षीय सुरेन्द्र तामाङलाई शुक्रबार साँझ निरौलामाथि खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ गरेको हो । तामाङलाई शुक्रबार नै पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।

खुकुरी प्रहारबाट निरौलाको टाउकोमा गम्भीर चोट लागेको छ। नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष समेत रहेका निरौला वडा–५ निर्वाचित वडा सदस्य हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">