संक्रमितको संख्या बढ्दै गएपछि सरकारले लकडाउनमा कडाइ गरेको छ । सरकारले शनिबारदेखि लागू हुनेगरी सवारी चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गरेको छ ।
शनिबारदेखि भने जिल्लाभित्रै चलाउन पाउने पास पनि रद्द गरिएको गृह मन्त्रालयले जनाएको छ । बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध भइसकेका छन् ।
पछिल्लो समय पासको दुरुपयोग गर्दै मानिसहरुको अनावश्यक रुपमा आउजाउ हुने र भिडभाड हुने गरेको गुनासो बढेको थियो । थिए । हालसम्म देशभर २४६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
प्रतिक्रिया