US Khabar

सुदिप आत्रेयको शब्दमा गायक किरण माईकलको ‘सबैलाई सम्मान’ सार्वजनिक (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

सुदिप आत्रेयको शब्दमा गायक किरण माईकलको ‘सबैलाई सम्मान’ सार्वजनिक (भिडियो)

लेखक तथा गायक किरण माईकलको नयाँ गीत सार्वजनिक भएको छ । सुदिप आत्रेयको शब्द र सिएल शर्माको संगीतमा गायक किरण माईकलको सबैलाई सम्मान छ बोलको गीत आत्रेय पोडक्सनको यूटुव च्यानल मार्फत सार्वजनिक भएको हो ।

विश्वव्यापी कोरोना महामारीलाई केन्द्रमा राखेर निर्माण भएको यस गीतमा उपचारमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सामाजिक अभियन्ता, सिमामा अलपत्र नेपालीहरुलाई संबोधन गरिएको छ ।

पुष्कर सुनुवारको संगीत संयोजन रहेको यस गीतको भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन् ।

चलचित्र लेखन र कुशल गीतकार तथा संगीतकर्मीका रुपमा परिचित किरण माईकल नेपाली साहित्यमा पनि प्रखर लेखकको छवि बनाएका ब्यक्ती हुन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">