विश्वव्यापी महामारी कोरोनाको उच्च जोखिममा रहेको अमेरिकामा आगामी अगस्ट महिनाको शुरुवातसम्ममा एक लाख ४७ हजार बढि मानिसको मृत्यु हुनसक्ने एक अध्ययनले देखाएको छ । अमेरिकाको यूनिभर्सिटी अफ वाशिंगटन इन्ष्टिच्यूट फर हेल्थ मेट्रिक्स एण्ड इभ्यालुसन (आईएचएमई) ले गरेको अध्ययन अनुसार कोरोना संक्रमणका कारण अगस्टको शुरुवातसम्ममा १ लाख ४७ हजार मानिसको मृत्यु हुन सक्ने देखिएको हो ।
अहिलेसम्म ८३ हजारभन्दा बढीको मृत्यु भइसकेको अमेरिकामा आईएचएमईको मंगलवार सार्वजनिक प्रतिवेदनका अनुसार अमरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको पूर्व अनुमानमा यो १० हजारले बढी हो ।
अनुसन्धानकर्ताहरुले संक्रमण रोक्नका लागि गरिएको लकडाउनलाई खेलाँची गर्दा खतरा झन् बढ्ने चेतावनी समेत दिएका छन् ।
प्रतिक्रिया