US Khabar

नेपाली भूमिमाथी पटक पटकको भारतिय हस्तक्षेपको घोर भत्सर्ना गर्दै राजमो दाङको बिरोध प्रदर्शन

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपाली भूमिमाथी पटक पटकको भारतिय हस्तक्षेपको घोर भत्सर्ना गर्दै राजमो दाङको बिरोध प्रदर्शन

भारतले गरेको नेपाली भुभाग अतिक्रमणको बिरोधमा आज दाङमा बिरोध प्रदर्शन भएको छ ।  भारतले नेपाल सरकार संग सरोकारै नराखी नेपाली भुमी हुँदै चिनको मानसरोवर सम्म जाने बाटो निर्माण गरि उदघाटन गरेको बिरोधमा आज राष्ट्रिय जनमोर्चा दाङले घोराहीमा बिरोध कार्यक्रम राखेको हो ।

उक्त कार्यक्रम लाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले सरकारको अगुवाइमा कुटनैतिक पहल र बार्ता मार्फत आफ्नो भुमीको रक्षा गर्नु पर्ने कुरा बताउँदै नेपालको सिमा काली नदि भएको र त्यस यता नेपाल संग सरोकारै नगरी भारतले बाटो निर्माण गरेर उसले नेपालको राष्ट्रियता र स्वाधिनता माथी धाबा बोलेको हुदा सम्पुर्ण नेपाली एक भएर त्यसको प्रतिरोध गर्नु पर्ने कुरामा जोड दिएका छन् ।
अध्यक्ष आचार्यले प्रहरिको अबरोधका बिचमा भएको कार्यक्रममा यसरी रोगको संक्रमण हुन सक्ने जटिल अबस्थामा सडकमा आएर बोल्न रहर नभएर देशको मायाले बाध्य भएको बताए ।
राष्ट्रिय जनमोर्चाका जिल्ला सदस्य सुशील पोख्रेले संचालन गरेको कार्यक्रममा नेकपा क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी रामजी थारु र नेकपा माले दाङका सचीव नेत्र प्रकाश पान्डे लगायतले मन्तब्य राखेका थिए ।
यस अघि पनि राष्ट्रिय जनमोर्चाले सिमा अतिक्रमणको बिरोधमा पटक पटक आवाज उठाउँदै आएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">