पछिल्लो समयमा चर्चित युवा गायक समिर आचार्यले दुई दशक पुरानो लोकप्रिय गीत बस माया आज त साथैमाको रातलाई पुन रेकर्ड गरेर बजारमा ल्याएका छन् । बरिष्ठ गायक डा. गोविन्द आचार्यका छोरा समिरले आफ्नो बुबाको आाजमा रहेको यो गीतलाई आफ्नो आवाजमा लिरिकल भिडियो सहित बजारमा ल्याएका हुन् ।
लाहुर जाने प्रचलन रहेको तत्कालिन समयलाई संबोधन गरिएको यस गीतको पुरानो रेकर्डमा गोविन्द आचार्य र कोमल ओलीको स्वर रहेको छ । लाहुर जान लागेको युवाले आफ्नी प्रेमिकासंग साटेको प्रेमालापलाई सन्धर्व बनाईएको गीतमा भोली बिहान उठेर मुग्लान जान लागेको प्रेमिले आफ्नी प्रेमिकालाई आजको रात संगै बिताउँ भनेको भाव समेटिएको छ ।
गीतको मौलिकतालाई नविगारी नयाँ स्वादमा पस्किएका छन् गायक समिरले पुराना गीतहरुको संरक्षणका लागि पनि नयाँ कलाकारले पहिलेका गीतहरुको मर्मलाई ध्यानमा राखेर पुन रेकर्ड गराउनु पर्छ भन्ने उदेश्यले यो गीत गाएको बताएका छन् । उनका अनुसार गीतलाई कतै पनि तोडमोड गरिएको छैन जसले गर्दा गीत नयाँ आवाजमा आएपनि तत्कालिन समयको नेपाली संगीतलाई नयाँ पुस्तासम्म पुर्याउनमा यस गीतले सहयोग गर्ने देखिन्छ ।
यस गीतका प्रथम गायक डा गोविन्द आचार्य ‘नरोए प्रिय म मरें भने’, ‘बिर्षिएउकी मायालु काफल खाएको’, ‘मरेको लासलाई नराख घर’, ‘रापतीको झरना’, ‘जलन’ ,’नसालु’ जस्ता गीतका गायक् संगीतकार हुन् नेपाली लोक साहित्यमा पहिलो बिद्याबारिधी गरेका उनले नेपालका विभीन्न जात जातीमा रहेका लोकसंस्कृतीको अध्यन तथा अनुसन्धान गर्दै आएका छन् । ३० वटा भन्दा बढि लोक गीतका एल्वम र १० भन्दा बढि पुस्तक उनका प्रकाशित छन् ।
प्रतिक्रिया