गायक प्रेम सेन्चुरीको नयाँ गीत परदेशले मलाइ रुवायो” सार्वजनिक भएको छ । अमेरिकाको न्यूयोर्कमा रहँदै आएका गायक सेन्चुरी स्वयंको शब्द संगीत र आवाजमा रहेको यो गीत युटुव मार्फत सार्वजनिक गरिएको हो ।
परदेशी युवाको सम्झनामा जन्मभुमी नेपाललाई भावुक अभिब्यक्तीका साथ प्रस्तुत गरीएको परदेशले मलाई रुवाई गीतले गाउँ घर, आमा, बुवा, आफन्त, प्रियसी सबैलाई संबोधन गरेको छ । जसमा मुग्लानी युवाको विवसता र रहरलाई चित्रण गरिएको छ । बिगत २ दशक देखी नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायक सेन्चुरी अमेरिकामा रहँदै आएकाले पनि यो गीत उनको आफ्नै पनि वास्तविकता पनि हो । विश्वब्यापी महामारी कोभिड १९ का समय सार्वजनिक यो गीतले परदेशमा रहेका लाखौं नेपालीहरुको प्रतिनिधित्व समेत गरेको छ । हाल उनि रहँदै आएको न्युयोर्क क्षेत्र कोभिड १९ को सबैभन्दा बढि जोखिम बेहोरीरहेको राज्य हो यसकारण पनि यो बिपतको घडीमा जन्मभुमि र आफन्तको याद समेटिएको यस गीतले बर्तमान विवस यथार्थलाई संबोधन गरेको छ ।
बिगत २ दशकदेखी नेपाली सांगीतिक क्षेत्रमा निरन्तरता गायक प्रेम सेन्चुरी रेडियो नेपाल हुँदै एल्वम र अन्य फुटकर गीतहरुमा आवाज दिएका गायक सेन्चुरी अमेरिकमा रहेर पनि नेपाली गीत संगीतलाई माया र सम्मान गर्दै आएका गायक हुन् । अमेरिकाको ब्यस्त दैनिककीले उनि पछिल्लो समय साँगीतिक बजारमा अलि कम देखा परेका भएपनि न्युयोर्क लगायत अमेरिकाका अन्य शहरहरुमा हुने कार्यक्रममा भने सक्रिय रहेका देखिन्छन् । उनका नयाँ गीतहरु बजारमा आउने तयारीमा रहेका छन् ।
प्रतिक्रिया