कोरोना संक्रमणबाट साउदी अरेवियामा एक नेपालीको मृत्यु भएको छ । साउदीको जेद्दा क्षेत्रको मदिनामा कोरानाका सङ्क्रमणबाट एक नेपालीको मृत्यु भएको जेद्दा स्थित महावाणिज्य दूतावासले जनाएको हो ।
महावाणिज्य दूतावासका अनुसार जेद्दा क्षेत्रमा अहिलेसम्म ४४ जना नेपालीमा कोरोना सङ्क्रमण पृष्टी भएको छ जसमध्य १० जना निको भएर फर्किएका छन् भने बाँकी ४२ जनाको उपचार भै रहेको छ । मृतु भएका ति नेपाली कामदारको पनि उपचारकै क्रममा ज्यान गएको हो ।
मृतु भएका ति नेपाली कामदारबारे थप जानकारी आउन बाँकी भएपनि उनको मृत्युप्रति महावाणिज्य दूतावासले दुख ब्यक्त गरेको छ ।
प्रतिक्रिया