US Khabar

मलेसियामा ५४ जना नेपाली कामदारमा कोरोना संक्रमण पुष्टी

- Admin | ३ वर्ष पहिले प्रकाशित

मलेसियामा ५४ जना नेपाली कामदारमा कोरोना संक्रमण पुष्टी

मलेसियामा ५४ जना नेपाली कामदारमा कोरोना संक्रमण पुष्टी भएको छ । यस अघि २० जना नेपाली कामदारमा कोरोना संक्रमण देखिएकोमा थप यो साता ३४ मा कोरोना संक्रमण देखिएसंगै नेपाली संक्रमितको संख्या ५४ पुगेको हो ।

मलेसियामा स्थित नेपाली दूतावासका अनुसार संक्रमित सबै पुरुष रहेका छन् जसमध्य ३ जना उपचार पछि निको भएर फर्किएका छन् भने बाँकी ५१ ज्नाको उपचार भै रहेको छ ।

विश्वव्यापी कोरोना भाईरस नियन्त्रणका लागि यतिबेला मलेसियाले पनि लकडाउन जारी राखेको छ । मलेसियाले जुन ९ तारिक सम्म लकडाउनको घोषणा गरेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">