US Khabar

काठमाडौंमा भारतिय प्रधानमन्त्री मोदीको पुत्ला दहन

- Admin | ३ वर्ष पहिले प्रकाशित

काठमाडौंमा भारतिय प्रधानमन्त्री मोदीको पुत्ला दहन

नेपालीभूमी अतिक्रमणको बिरोधमा काठमाडौंमा भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको छ । नेपाली भूमि लिपुलेक क्षेत्रमा भारतीय पक्षले बाटो बनाएको बिरोधमा आइतबार साँझ जनता दरबार नामक संस्थाले कलंकी चोकमा मोदीको पुत्ला दहन गरेको हो ।

जनता दरबारका संयोजक एसपी शाहका अनुसार नेपाल र भारत दुबै देशले उक्त क्षेत्र विवादित हो भनेर स्वीकारेका पनि भारतले अहिले एकपक्षीय रूपमा बाटो बनाएको बिरोधमा मोदीको पुत्ला दहन गरिएको हो ।

मोदीको पुत्ला दहन गर्दै गर्दा प्रहरी आएर हस्तक्षेप गरेपछि बिरोध कार्यक्रम केही बेरमा नै शान्त भएको थियो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">