अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हिन्दु धर्मगुरुबाट ह्वाइट हाउसको प्राङ्गणमा बैदिक ‘शान्तिपाठ’ वाचन गराएका छन् । अमेरिकाको राष्ट्रिय प्रार्थना दिवसको अवसर पारेर राष्ट्रपति ट्रम्पले हिन्दु पुजारी हरिस ब्रह्मभट्टलाई बोलाएर शान्तिपाठ गराएका हुन् ।
राष्ट्रपति ट्रम्पले अमेरिका भगवान प्रति आफ्नो विश्वास भएको भन्दै न्यूजर्सीबाट स्वामी नारायण मन्दिरका पूजारी हरिस ब्रह्मभट्टलाई ह्वाइट हाउस बोलाएर संकटमोचन शान्तिपाठ गराएका हुन् ।
कोरोना महामारीले ७७ हजार मानिसको ज्यान गइसकेको अवस्थामा ट्रम्पले हिन्दु धर्मगुरुबाट ह्वाइट हाउसको प्राङ्गणमा नै बैदिक ‘शान्तिपाठ’ गराएको भिडियो अहिले विश्वभर ‘भाइरल’ बनेको छ ।
प्रतिक्रिया