अमेरिकामा एक चिनियाँ प्राध्यापकको गोली हानी हत्या गरिएको छ । कोरोना भाइरसको अध्ययन गरिरहेका पिङ ली नामका ति चिनियाँ प्राध्यापकको शरिरका बिभिन्न ठाउँमा गोली हानी हत्या गरिएको हो ।
३७ वर्षीय प्राध्यापक ली युनिभर्सिटी अफ पिट्सबर्गको स्कुल अफ मेडिसिन विभागका सहायक प्राध्यापक हुन् । टाउको, छाती, हात खुट्टा र गर्धनमा गोली हानी हत्या गरिएका लि कोरोना भाईरसको बिषयमा निकै महत्वपूर्ण प्राप्तीको नजिक पुगेका थिए ।
आफ्नै निवासमा गोली लागी मृतु भएका लिका हत्यारा भनिएका हाउ गुले नामका सफ्टवेयर इन्जिनियरले पनि आत्महत्या गरेको अमेरिकी प्रहरीको भनाई छ । (एजेन्सी)
प्रतिक्रिया