US Khabar

श्रमिकको सम्मानका लागि श्रम वैक अवधारणा – नगरप्रमुख पाण्डे

- Admin | ३ वर्ष पहिले प्रकाशित

श्रमिकको सम्मानका लागि श्रम वैक अवधारणा – नगरप्रमुख पाण्डे

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले शुभकामना सन्देश जारी गरेका छन् । गरेर खाने मजदुरवर्गको श्रम र ज्यालाको उचित व्यवस्थाका लागि उपमहानगरपालिका प्रतिवद्ध रहेको शुभकामना सन्देशमा उल्लेख छ । उपमहानगरपालिका भित्र रहेका गरिखाने वर्गलाई छनोट गरेर ७ हजार वढिलाई खाद्यान्न लगायतको व्यवस्था गरिसकिएको पनि उनले उल्लेख गरेका छन् ।

नेपालको समग्र परिवर्तनमा गरिखाने वर्गले खेलेको भुमिकाको नगरप्रमुख पाण्डेले उच्च सम्मान समेत प्रकट गरेका छन् । मजदुरहरुलाई हेर्ने सामाजिक दृष्टिकोण फराकिलो वनाउन आवश्यक रहेको कुरामा उनले जोड दिएका छन् । “देशलाई गतिशिल वनाउने भनेकै मजदुर वर्गले हो उनीहरुको श्रमलाई सबैले सम्मान व्यक्त गर्नुपर्दछ” शुभकामना सन्देशमा उल्लेख छ ।

मजदुरहरुलाई गरिखाने व्यवस्था मिलाउनका लागि उपममहानगरपालिकाले श्रम वैकको अवधारणा अगाडि वढाएको समेत उनले उल्लेख गरेका छन् । “काम,माम र दामको स्थानीय सरकारले सुनिश्चितता गर्दछ” सन्देशमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">