भारतिय सिने जगतका चर्चित अभिनेता इरफान खानको निधन भएको छ । क्यान्सरबाट पिडित अभिनेता खानको ५४ वर्षको उमेरमा आज बिहान भारतको मुम्बइस्थित कोकिला बेन धिरुभाइ अम्बानी अस्पतालमा निधन भएको हो ।
सन् १९६७ मा भारतको जयपुर राजस्थानमा जन्मिएका अभिनेता खानले २०११ मा कला क्षेत्रमा पुर्याएको योगदान स्वरुप पद्म श्री सम्मान पाए जुन भारत को चौथो सर्वोच्च नागरिक सम्मान हो । ‘लाइफ अफ पाइ’, ‘स्लमडग मिलिनियर्स’, ‘जुरासिक वल्र्ड’ जस्ता अन्तर्राष्ट्रिय स्तरमा अत्याधिक सफल चलचित्रमा समेत अभिनय गरेका खानले ब्याल्कमेल, तुल्सी, सलाम बम्बे, फुटपाथ, द किलर, तलभार, लन्च बक्स’ दर्जनौं चलचित्रमा अभिनय गरेका छन् ।
गत शनिबार मात्रै आफ्नी आमा गुमाएका खानले यो संसारबाट सदाको लागि बिदा हुँदा सिंगो भारतिय सिने जगत शोकमा डुबेको छ । उनका प्रसंसक नेपाल र अन्य देशमा समेत अत्याधिक रहेकाले उनको निधनको खबरले धेरैलाई दुखी तुल्याएको छ ।
प्रतिक्रिया