भारतले कोभिड १९ परीक्षणका लागि प्रयोग हुने टेस्टिङ्ग किट चिनबाट ल्याउने निर्णय खारेज गरेको छ । भारतले चिनियाँ किटको प्रभावकारितामाथी प्रश्न गर्दै चिनबाट ल्याउन लागेको पाँच लाख टेस्टिङ्ग किटको अडर रद्द गरेको हो ।
चिनसंग पाँच लाख किटको अडर गरेको भारतले किटको गुणस्तरमाथी प्रश्न गर्दै अडर रद्द गर्नुका साथै भारतिय केन्द्र सरकारले विभिन्न राज्यमा पठाएका किट समेत फिर्ता मगाएको छ ।
यसरी फिर्ता मगाइएकामा संक्रमितको शरीरमा रहेको एन्टिबडी पत्ता लगाउने किटहरु पनि रहेका छन् ।
(एजेन्सी)
प्रतिक्रिया