US Khabar

कोभिड १९ को सन्त्रास भन्दा पनि सचेचनामा ध्यान दिन नायक बिक्रान्त बस्नेतको अनुरोध

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोभिड १९ को सन्त्रास भन्दा पनि सचेचनामा ध्यान दिन नायक बिक्रान्त बस्नेतको अनुरोध

कोभिड १९ को सन्त्रास भन्दा पनि सचेचनामा ध्यान दिन नायक बिक्रान्त बस्नेतले अनुरोध गरेका छन् । हाल अमेरिकाको न्युयोर्कमा रहँदै आएका नायक बस्नेतले आज आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटर लेख्दै जीवन सुख र दुखको साझा चौतारी भएको बताएका हुन् ।

नायक बस्नेतले सुख र दुख जीवन बिसाउने चौतारी भएको बताउँदै सुखलाई जस्तै दुखलाई पनि सामान्य रुपमा लिन सक्ने हो भने सन्त्रास र संक्रमण दुवै रोक्किने बताएका हुन् उनले लेखेका छन् ‘जीवन भन्नु नै सुख र दुखको साझा चौतारी हो यदि भने यहाँ केही समयका लागि आउने रोग, पिडा निरासा संग किन यती धेरै हतोत्साहि हुनुपर्यो र उ आउँछ र आफैं जान्छ जव खुसी र उल्लाहसको पालो आउनेछ यस चौतारीमा बस्ने ।

कोरोना सन्त्रास र संक्रमण दुवैबाट बच्न सिकौं, सुरक्षित स्वास्थ्यको कामना’ यस बिषमा युएस खबर डटकम संगको कुराकानीमा नायक बस्नेतले विश्व आतंकका रुपमा संसारभर फैलिरहेको कोभिड १९ बाट आफु, आफ्नो परिवार साथै आफु निकट ब्यक्तीहरुको सुरक्षित स्वास्थ्यमा ध्यान दिन र यस संक्रमणबाट मानसिक रुपमा सन्त्रास भन्दा पनि सचेतनापूर्वक यसबाट बच्ने उपाय अवलम्वन गर्न सके यस रोग अन्य साना तिना रोग जसरीनै हट्छ तर सरकार र सञ्चार क्षेत्रले प्रवाह गरेको जन चेतनालाई बेवास्था र लापरवाही गरे यसले जीवन नै समाप्त हुने हुँदा देश बिदेशमा रहनु हुने सम्पुर्ण नेपाली तथा मेरा दर्शकहरुलाई अनुरोध गर्दछु । ठुलो संख्यामा मानविय क्षेती समेत हुनेगरि देखा परेको यस रोग नियन्त्रणका लागि चिकित्सक भन्दा पनि हामी स्वयंको सावधानी जरुरी रहेकाले सरकारले लागु गरेको लक डाउनलाई गम्भिरताका साथ पालन गरेर सभ्य र स्वस्थ नेपालीको परिचय दिन नायक बस्नेतले सबैमा आग्रह पनि गरेका छन् ।

चिनबाट फैलिएको कोरोना भाईसरका कारण विश्वभर हजारौं मानिसको मृत्यु भै रहेको छ भने लाखौंको संख्यामा संक्रमित भएका छन् । यतिबेला संयुक्त राज्य अमेरिका सबैभन्दा जोखिममा रहेको तथ्याकंले पुष्टी गरेको छ, यस अघि चिन, ईटाली स्पेन लगायतका राष्ट्रमा संक्रमितको संख्या बढि रहेकोमा पछिल्लो तथ्याकं अनुसार अमेरिका विश्वभरमा सबै भन्दा बढि कोभिड १९ संकम्रित रहेको देशका रुपमा देखिएको छ ।

Posted by Bikrant Basnet on Friday, April 24, 2020

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">