नोभल कोरोना भाइरस परीक्षणका लागि राष्ट्रिय आविस्कार केन्द्रको सहकार्यमा नेपाल राष्ट्रिय कर्मचारी संगठन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय बिभागीय कार्यसमितिले स्वाव संकलन बुथ निजामती कर्मचारी अस्पताललाई प्रदान गरिएको छ ।
सो अवसरमा सडक बिभागका महानिर्देशक इन्जिनियर केशबकुमार शर्मा, आधिकारिक ट्रेड युनियनका उपाध्यक्ष भोला पोख्रेल, नेपाल राष्ट्रिय कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष हरि रावल , राष्ट्रिय आविष्कार केन्द्रको तर्फबाट ईडा शंकर ढकाल तथा निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक डा दीर्घराज आरसीले बोलेका थिए ।
संगठनका अध्यक्ष ज्ञानेन्द्र कलौनीले यसका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए । कार्यक्रम सञ्चालन समितिका सचिब रामकुमार श्रेष्ठले गरेका थिए । सोही अवसरमा समितिको निर्णय बमोजिम सडक बिभाग अन्तर्गतका शुभेच्छुकबाट स्वतस्फूर्त सहयोग संकलन गरी १ लाख ३६ हजार अविस्कार केन्द्रलाई हस्तान्तरण गरियो ।
यस स्वाब संकलन बुथ निर्माण गरी बाकी रहेको रकमबाट दुर्गम क्षेत्रका तथा जोखिममा रहेक क्षेत्रका अस्पतालमा तथा स्वास्थ सस्थामा पिपिई लगायतका स्वास्थ सामग्री वितरण गरिने संगठनका उपाध्यक्ष विष्णुप्रसाद खनालले जानकारी दिए ।
प्रतिक्रिया