बिनासकारी महामारी कोभिड १९ नियन्त्रणका लागि अमेरिकामा बहस कार्यक्रम हुने भएको छ । कोरोना संक्रमण र मृत्युको उच्च जोखिममा रहेको अमेरिकाको न्युयोर्कमा यहि अप्रिल २५ तारिकका दिन ‘कोरोना नियन्त्रणमा जर्मनी मोडल’ बिषयक बहस कार्यक्रम आयोजना हुने भएको हो ।
नेपाल अमेरिका प्रत्रकार संघ नेजाको आयोजना अप्रिल २५ का दिन बिहान १० बजेबाट सुरु हुने यस कार्यक्रममा अतिथीका रुपमा गैर आवासिय नेपाली संघ (एनआरएनए) अमेरिकाका संरक्षक तथा पूर्व अध्यक्ष जीवा लामिछानेको उपस्थिती रहने छ । संरक्षक लामिछानेसंग जर्मनमा कसरी कोरोना नियन्त्रण भएको थियो र त्यसलाई अमेरिका र संसारभर कसरी प्रयोगमा ल्याउन सकिन्छ भन्नेबारे अन्तरकृया हुनेछ ।
नेजा महासचिव किरण मरहठ्ठाको साथमा संचालन हुने यस कार्यक्रममा ‘कसरि सम्भव भयो – संसारमै सबैभन्दा उच्च रिकभरी र न्यून मृत्युदर ? ‘ शिर्षकमा रहेर बहस हुनेछ ।
साहित्यिक र ब्यवसायिक पृष्ठभुमिका जीवा लामिछाने एनआरएनएका संस्थापक सदस्य हुँदै सन् २०११-०१३ का लागि अध्यक्षको सफल कार्यकाल सम्हालेका ब्यक्ती हुन् । हाल संघको संरक्षक रहेका लामिछाने सन् २०११-०१३ मा तत्कालिन प्रधानमन्त्री डा. बाबुराम भट्टराईका आर्थिक सल्लाहकार परिषद् सदस्य रहेका थिए भने सन् २०१८ बाट प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गठित आर्थिक सल्लाहकार परिषद सदस्यका रुपमा समेत काम गर्दै आएका छन् ।
प्रतिक्रिया