शुक्रबार झापाका ६२ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षण नयाँ संक्रमण पुष्टि भएको हो ।
उनी अहिले आइसोलेशनमा उपचाररत रहेको र अवस्था सामान्य भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४९ पुगेको छ ।
प्रतिक्रिया