US Khabar

कोरोना संकट र हाम्रो दायित्व

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोना संकट र हाम्रो दायित्व

राम हरि अधिकारी

(दोर्दी – १, लमजुङ)

 

माहामारी भयो नयाँ जगतमा, आयो ठूलो संकट ,
सिंगो मानब जातिकै हुन पुग्यो, अस्तित्वकै संकट।
सारा विश्व भरी सबै मुलुकको, निमित्त चुनौती भो ,
सिंगो मानब जातिले पुरा सबल भै, बिचार गर्नु पर्यो ।।

कोरोना भनिने किटको प्रभाब जगमा, बढ्दै गयो यो क्षण
सुक्छमै भै सबको बिनास गरने, मृत्यु गराई दिन दिन ।
विद्युत् कै गतिमा प्रसार हुनगै, बिश्वै भरी पुग्दछ ,
ध्वस्तै पार्छु भनि अदृश्य रुपमा, यो देहमा घुस्दछ ।।

मौका हो सबको निमित्त लडने, सबले मिलाई मन,
बिर्सी ती नमीठा सबै बिगतका, कुराहरु यो क्षण ।
यौटाले अरुको बिरुद्द लडने, बोल्ने दुखाइ मन ,
बेला होइन यो बरु सब जुटौं,नविन शत्रुकन ।।

हाम्रो मूल्य सरि सबै मुलुकका, मानिसको मूल्य हो ,
हाम्रो चित्त सरि सबै थरि थरि, मानिसको चित्त हो ।
को ठूलो सुखमा रहने धनाड्यहरुके, देख्दिन छुट्टै मत,
को दुखि उही हो समान घडीमा, मर्ने उही हो रित ।।

हाम्रो लागि सधै डटेर रहने, राति अनि दिनमा,
आफैं संक्रमित हुने उठाई खतरा, हरेक छिन छिनमा ।
सारा नर्स अनि सबै चिकित्सकहरुको, निमित्त मेरो मन
श्रद्दायुक्त बन्यो सबै जनहरु, गर्छौं अभिनन्दन ।।

हामी छौं घरमा सडकमा, बस्ने सुरक्ष्या दिन
हाम्रोलागि भनि भुलाई मनको, सन्त्रास रातो दिन ।
जनताको घरमा सुस्वास्थ्य दिनमा, खट्ने हरेकै दिन,
गर्छु स्यालुट ती जवान प्रहरी, सेनाहरुको झन ।।

यस्तो यो क्षणमा सबै मिलिकनै, प्रयास गर्नु छ है ,
सरकारी गैह्रका निजि सकलका, लागेर गर्नु छ है ।
यो बेला मन होस् सफा सकलको, यो देशको निम्तिमा
इच्छा शक्ति बनोस बिशाल सबको, यो विश्वकै निम्तिमा।।

 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">