नेपालमा ३ कोरोना संक्रमित थपिएका छन् । अब संक्रमितको संख्या ४५ पुगेको छ ।
तीमध्ये ७ जना निको भएर घर फर्केका छन् । बुधबार २ जनाको डिस्चार्ज हुँदै छ । बीपी प्रतिष्ठान धरानमा भएको जाँचमा ३ मा कोरोना पोजेटिभ आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २४, ६० र ७२ वर्षका पुरुषमा संक्रमण देखिएको हो ।
अहिले क्वारेन्टाइनमा रहेका उनीहरुलाई उपचारका लागि अस्पताल ल्याउने तयारी भएको छ ।
प्रतिक्रिया