US Khabar

उदयपुरमा फेरि ८ जनामा कोरोना पोजेटिभ: भेरिफिकेसनका लागि धरान पठाईयो

- Admin | ३ वर्ष पहिले प्रकाशित

उदयपुरमा फेरि ८ जनामा कोरोना पोजेटिभ:  भेरिफिकेसनका लागि धरान पठाईयो

उदयपुरको त्रियुगा नगरपालिका ३ भुल्केका ८ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको छ। विराटनगरस्थित कोशी प्रादेशिक अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना भाइरस पोजेटिभ देखिएको हो। थप परीक्षण गरी भेरिफिकेसन गर्नका उनीहरुको स्वाब बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइएको छ।

वैशाख ५ मा भुल्केमा रहेको मस्जिदमा बसेका १६ जनामा परीक्षण गर्दा १२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। पछि त्यही समूहमा बसेका थप एकजनामा पनि भाइरस पोजेटिभ देखिएको थियो।

भुल्केको मस्जिद वरपर सिल गरी सम्भावित ६९ जनाको र्‍यापिड टेस्टपछि शंकास्पद ८ जनाको पीसीआर गराउँदा पोजेटिभ आएको ह ो । ४ दिनअघि संक्रमण देखिएका १३ जनामध्ये ११ जना भारतीय हुन् भने २ नेपाली हुन् । उनीहरुको अहिले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">