US Khabar

कोरोना संक्रमित ४ जना निको भएर घर फर्किए

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोना संक्रमित ४ जना निको भएर घर फर्किए

अकस्मात कोरोना संक्रमितको संख्या दोब्बर भएपछि चिन्ता थपिएका नेपालीलाई सुखीको खबर छ । सेती अस्पतालमा उपचाररत २१ वर्षीय कोरोना संक्रमित पुरुष निको भएर आइतबार डिस्चार्ज भएका छन् ।

अहिलेसम्म नेपालमा ४ जना निको भई घर फर्केका छन् भने २७ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अहिले देशभर आइसोलेसनमा १ सय ३ जना आइसोलेसनमा छन् भने ५ हजार १ सय ८० जना क्वारेन्टाइनमा बसेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिले परीक्षण नेगेटिभ आएपछि क्वारेन्टाइन अवधि पूरा गरेपछि केही व्यक्ति घर फर्केकाले क्वारेन्टाइनमा बस्नेको संख्या घटेको उल्लेख गरे ।

एकै ठाउँमा १३ संक्रमित भेटिएको उदयपुरमा शनिबार नेपाली सेनाको हेलिकोप्टर प्रयोग गरी जाँचका लागि टोल गएको उनले जानकारी दिए । उनले भने, ‘हिजो ६९ जनाको नमुना संकलन भएको छ । आज पनि संकलन भइरहेको छ र २ सय ५० नमुना संकलन गर्ने लक्ष्य छ ।’

नेपालका सबै जिल्लमा आरडिटी परीक्षण सुरु भएको छ भने आइतबारबाट भेरी अञ्चल अस्पतालबाट पनि पिसिआर टेस्ट सुरु भएको छ । अब नेपालमा १५ प्रयोगशालाबाट पिसिआर हुनेछ । रिपोर्ट पोजेटिभ देखिएका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएर कन्भर्म गर्नुपर्ने प्रावधानलाई पनि मन्त्रालयले लचिलो बनाएको छ । प्रवक्ता डा देवकोटाले भने, ‘भेरिफिकेसन अब भेरी अस्पताल र विपि कोइराला अस्पतालबाट पनि हुनेछ ।’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">