US Khabar

प्रचण्डमा नेतृत्व गर्न नपाएको कुण्ठाग्रस्त मानसिकता भएको प्रधानमन्त्री ओलीको आरोप

- Admin | ३ वर्ष पहिले प्रकाशित

प्रचण्डमा नेतृत्व गर्न नपाएको कुण्ठाग्रस्त मानसिकता भएको प्रधानमन्त्री ओलीको आरोप

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा नेतृत्व गर्न नपाएको कुण्ठाग्रस्त मानसिकता भएको आरोप लगाएका छन् ।

केही दिनअघि प्रचण्डले कोरोना महामारीको मुकाबिला गर्न सर्वदलीय संयन्त्र जरुरी हुने बताएका थिए । आइतबार राससलाई दिएको अन्तर्वार्तामा प्रधानमन्त्रीले त्यस्तो संयन्त्र अहिले विश्वमै कतै नबनेको सुनाए । उनले भने, ‘आज कोरोनाविरुद्धको लडाइँमा कुन देशमा यस्तो संयन्त्र गठन भएको छ ? त्यस्तो अवस्थामा पनि कुनै मुलुकमा सरकारभन्दा माथि अर्को संयन्त्र छ ?’

प्रधानमन्त्रीले नागरिक समाज पनि संयन्त्रमा राख्नुपर्ने भनिएकोतर्फ इंगित गर्नै कुन नागरिक राख्ने भनी प्रश्न गरे । उनले भने, ‘यसो भए सबै नागरिक स्वतः सदस्य रहेको एक संयन्त्र बनाऊँ ? लोकप्रिय हुन वा गरेको देखाउन पाइनँ भन्ने अनाधिकृत र कुण्ठाग्रस्त मानसिकता मात्रै हो । यस्ता कुराहरुको कुनै अर्थ छैन ।’

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">