US Khabar

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुग्यो

शनिबार एक कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  एक पुरुषमा कोरोना पोजिटिभ देखिएको हो ।

शनिबार कोरोना देखिएका युवक उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केस्थित नुरे मस्जिदमा बसेका भारतीय नागरिक हुन् । शुक्रबार मात्र उक्त मस्जिदमा बसेका ११ भारतीय र एक नेपालीमा कोरोना पुष्टि भएको थियो । यो सँगै उदयपुरमा मात्र कोरोना पुष्टि हुनेको संख्या १३ पुगेको छ

शुक्रबार एकैदिन उदयपुरमा १२ र चितवनमा दुई गरेर १४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार अहिलेसम्म संक्रमितको संख्या ३१ पुगेको छ । संक्रमितमध्ये २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । अन्य तीनजना भने निको भएर डिस्चार्ज भएका छन् ।

शनिबार बागलुङको धौलागिरी अस्पतालमा १८ दिन उपचारपछि ६५ वर्षीय महिला डिस्चार्ज भएकी छन् । त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा २७ दिन लामो उपचार गराएकी काठमाडौंकी १९ वर्षीया युवती निको भएर डिस्चार्ज भएकी छन् । नेपालको पहिलो कोरोना संक्रमित विरामी एक युवक भने गत माघमै निको भएर डिस्चार्ज भएका थिए ।

कोरोना संक्रमित २८ जनामध्ये १२ जनाको विराटनगरस्थित कोरोना अस्पताल, पाँचको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पताल, चारको वीरगन्जस्थित नारायणी अस्पतालमा उपचार हुँदैछ। अन्य सात जनामध्ये एकको शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल, टेकु र ६ जनाको पाटन अस्पताल, लगनखेल, धौलागिरी अस्पताल, बागलुङ र भरतपुर कोभिड–१९ डायग्नोस्टिक प्रयोगशाला, चितवनमा दुईदुई जनाको उपचार भइरहेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">