अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाका केही राज्यमा लकडाउन चांडै अन्त्य गर्न निर्देशन दिएका छन् । ह्वाइट हाउसमा आयोजित नियमित पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले राष्ट्रव्यापी लकडाउन दीर्घकालीन समाधान नभएको भन्दै लकडाउन चाँडै नै खोल्न राज्यका गर्भनरहरुलाई निर्देशन दिएका हुन् ।
ट्रम्पले केही राज्यहरुको अवस्था अति राम्रो हुँदै गएको दाबी गर्दै मे १ भन्दा पहिले नै ति राज्यहरुको लकडाउन अन्त्य गर्न सुझाव दिएका छन् । राष्ट्रव्यापी लकडाउन दीर्घकालीन समाधान नभएको भन्दै उनले लामो समयसम्मको लकडाउनले सामाजिक स्वास्थ्यमा समस्या नित्त्याउने जोखिम बढेको बताए ।
पछिल्लो समय विश्वभरमा सबैभन्दा संक्रमित र मृतकको संख्या थपिदैं गएको अमेरिकामा अल डाउन अन्त्य गर्ने निर्देशनले फेरी अर्को विकराल समस्या ननिम्तेला भन्न पनि सकिन्छ । संक्रमित न्युन रहेका राज्यमा समेत यो निर्णयले थप संक्रमित बढ्न सक्ने सम्भावना पनि देखिन्छ ।
ट्रम्पले महामारी नियन्त्रणमा राज्यले चालिरहेका कदमहरुमा संघीय सरकारले सहयोग जारी राख्ने भन्दै गभर्नरहरुलाई छिमेकी राज्यहरुसंग मिलेर तीव्र गतिमा काम गर्न आग्रह पनि गरेका छन् । (एजेन्सी)
प्रतिक्रिया