ड्यालास,
नेपालीहरुको बाक्लो बस्ती रहेको ड्यालासको नेपाली समुदायलाई लक्षित गर्दै नेपाली अधिवक्ताले सन्चालन गरेको रिजाल ल फर्मले कोरोना महामारीका बेला फोनबाटै पनि कानुनी सेवा प्रदान गरिरहेको छ । क्यालिफोर्निया र टेक्सासबाट सेवा दिदैं आएको रिजाल ल फर्मले महामारीबाट प्रभाबितहरुलाई कानुनी सल्लाह दिनुका साथै अध्यागमनका बारेमा जानकारी प्रदान गरिरहेको हो ।
बिगत ६ बर्षदेखी क्यलाफोर्निया र ३ बर्षदेखी ड्यालसमा अफिस राखेर सेवा दिदंै आएको ल फर्मले समुदायको माग बढेसंगै ड्यालासको ल फर्ममा फुल टाईम अधिबक्ता रहेर सेवा दिन लागेको हो । समुदायले गरेको मााय र बिश्वासलाई धन्यबाद दिंदै अधिवक्ता सौरब रिजालले भने तिन बर्षसम्म धेरै माया पायौं र अब अझै धेरै समय दिएर समुदायका लागि काम गर्न उत्साह लागेको छ । रिजाल ल फर्मका अधिवक्ता सौरब रिजालका अनुसार टेक्सासमा नेपालीहरुको बस्ती बढिरहेकोले यस क्षेत्रका नेपालीहरुलाई लक्षित गरेर ल फर्मले सेवा बिस्तार गरेको हो ।
रिजाल ल फर्मको टेक्सासको अर्भिगंमा रहेको अफिसमै पुगेर ईमिग्रेशन, पारिवारिक भिसा, ग्रिनकार्ड, सिटिजन लगायत, बिद्यार्थी र लगानी लगायतका ईमिग्रेशन सम्बन्धी सबै सेवा सहज रुपमा पाईने अधिवक्ता रिजालले बताउनुभयो । मक्नीस स्टेट युनिभर्सीटिबाट उच्च शिक्षा लिएका अधिवक्ता सौरब रिजालले वेस्टन मिचिगन युनिभर्सिटि कोलि ल स्कुलबाट जेडि गर्नुभएको हो । ईमिग्रेशन सम्बन्धी सेवा अमेरिकाको सबै राज्यमा रहेका नेपालीहरुले पाउन सक्ने भए पनि क्यालिफोर्नियामा भने ईमिग्रेशन सहित लगानि अर्थात् बिजनेश सम्बन्धी पनि सम्पुर्ण सेवाहरु पाउन सक्नेछन् ।
आफु पनि बिद्यार्थीको रुपमा अमेरिका आएको र यंहाको नेपाली समुदायलाई ईमिग्रेशन लगायतका सेवा उपलब्ध गराउन पाएकोमा अधिक्ता रिजालले खुशी ब्यक्त गरेका छन् । रिजाल ल फर्मको टेक्सासमा रहेको अफिसमा सम्पर्क फोन ४६९४४०९४४४ वा ईमेल [email protected] मार्फत अपोईन्ट बनाउन वा सेवाका बारेमा थप जानकारी लिन सकिन्छ ।
प्रतिक्रिया