धरान उपमहानगरपालिका पनि स्वास्थ्यकर्मी प्रहरीबाट कुटिएका छन् । बिहीबार धरान वडा नं. २० को विष्णुपादुका स्वास्थ्य चौकीमा कार्यरत हेल्थ असिस्टेन्ट चन्द्रप्रकाश खनाललाई प्रहरीले कुटपिट गरेको हो।
बुधबार त्रिवि शिक्षण अस्पातलमा कार्यरत डाक्टरमाथि ड्युटी सकेर घर फर्कने क्रममा प्रहरीले कुटपिट गरेको थियो ।
पानमारा चौकीका प्रमुख सई भेषबहादुर राउतले आफूलाई कुटेको खनालले बताए।
स्वास्थ्यकर्मी भएको जानकारी गराउँदै परिचयपत्र देखाउँदा समेत प्रहरीले कुटेको उनले दाबी गरे । खनालको घाटीँ नजिक कुटेको सुम्लो देखिन्छ ।
प्रतिक्रिया