US Khabar

कोरोना कहर: अस्पताल पुग्दा पनि उपचार नपाएर ज्यान गयो न्यूयोर्कका पवन मल्लको

- Admin | ३ वर्ष पहिले प्रकाशित

कोरोना कहर: अस्पताल पुग्दा पनि उपचार नपाएर ज्यान गयो न्यूयोर्कका पवन मल्लको

कोरोना भाईरसको संक्रमणबाट अमेरिकाको न्यूयोर्कमा फेरी एकजना नेपालीको मृत्यु भएको छ । कोभिड १९ को उच्च जोखिममा रहेको न्युर्योकको उडसाइड निवासी ४४ बर्षिय पवन कुमार मल्लको  आफ्नै निवासमा बुधवार बिहान मृत्यु भएको हो ।

सन् २०१२ मा अमेरिका आएका मल्ल आफु विरामी पर्नासाथ अस्पताल गएका थिए । तर अस्पतालले बिरामीको चाप देखाउँदै उनलाई अस्पताल भर्ना नगरी घरमा नै आईसोलेशनमा बस्ने सल्लाह दिएर फिर्ता गरेको थियो ।

पेसाले ट्क्याक्सी चालक रहेका मल्लको निधनले अमेरिकाबासी नेपाली समुदायमा थप सन्त्रास थपिएको छ । बिरामी परेर अस्पताल सम्म पुग्दा पनि अस्पतालले वेवास्ता गर्दा उनको ज्यान जानु सम्पुर्ण नेपालीका लागि दुखको कुरा हो । यसले अन्य नेपालीमा पनि आफु विरामी परेको खण्डमा उपचार नपाउने हो कि भन्ने थप आशंका पैदा भएको छ ।

मल्ल सहिद अमेरिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउने संख्या ८ पुगेको छ । अन्य २ जनाको पनि मृत्यु भएको छ यद्यपी उनिहरुको मृत्युको कारण अझै स्पष्ट छैन ।

यस अघि न्युयोर्कका एल्मष्ट अस्पतालमा दुई साता अघि मृत्यु भएका एक जना नेपालीको पनि सनाखत भएको छ । मृत्यु भएका ति ब्यक्ती न्यूयोर्क निवासी विष्णु राई रहेका छन् ।

अमेरिका संगै बेलायतमा पनि कोरोना संक्रमणबाट दिनानु दिन नेपालीहरुको मृत्यु भै रहेको छ । बेलायतमा पनि दर्जनको हाराहारीमा नेपालीहरुको कोरोना संक्रमणबाट मृत्यु भै सकेको छ ।

नेपालमा रहेकाहरु समेत कोरोनाको त्रासदीमा बाँचिरहेको अवस्थामा विदेशमा रहेका नेपालीहरु मृत्युको भय बोेकेर नेपाल सरकार र कुटनितिक नियोगको पहलका निमित्त पर्खिरहेका छन् । तर उनिहरुको सुरक्षित जीवनका लागि कुनै पनि ठोस कदम नचालिदा प्रवासी नेपालीहरु यतिबेला अत्यन्त संन्त्रासको जीवन बाँचिरहेका छन् ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">