US Khabar

अराजक मन

- Admin | ३ वर्ष पहिले प्रकाशित

अराजक मन

यशराज

 

 

मध्यरातको दोस्रो प्रहर थियो
मैले प्रश्न गरें
तिमी कस्ती छौ प्रिया ?

उसले मुस्कुराउँदै भनि
बेहद अराजक छु म

उसको यहि जवाफले
अचानकै पोखिदैं गए
म भित्रका कुण्ठीत भावहरु,
बर्षौं देखिका अतृप्त प्यासहरु र
लेखिन बाँकी पुरुष मनका
यावत कथा-कहानी

उ संगीत जस्ती छे
सुर बदलिरहने
ताल बदलीरहने
म नदि जस्तो छु
छाल बदली रहने
बहाव बदली रहने

उ ऋतु जस्ती छे
बहार बदलीरहने
श्रृंगार बदली रहने
म बादल जस्तो छु
आकार बदली रहने
अधिकार बदलिरहने

सायद यसैले, आजकाल
हाम्रा तरंगहरु
मनका रंगहरु
जीवनका ढंगहरु
सबै-सबै नै अराजक हुँदै गएका छन् । । । 

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">