US Khabar

डोटीमा कार दुर्घटना: ६ जना घाईते- २ को अवस्था गम्भिर

- Admin | ३ वर्ष पहिले प्रकाशित

डोटीमा कार दुर्घटना: ६ जना घाईते- २ को अवस्था गम्भिर

डोटीमा कार दुर्घटना हुँदा ६ जना घाईते भएका छन् । डडेल्धुराबाट धनगढीतर्फ आईरहेको से १ च २३८८ नम्बरको कार भीमदत्त राजमार्ग अन्र्तगत डोटीको जोरायल गाउँपालिका १ घण्टेश्वरको घोरडीमा बुधबार बिहान दुर्घटना हुदाँ कारमा सवार ६ जना घाइते भएका हुन् ।

सडकदेखि झण्डै तीन सय मिटर तल खसेको ‘ सो कार दुर्घटनामा परि कार चालक मानबहादुर थापा, रतन भण्डारी, आरनबहादुर थापा, रामचन्द्र अवस्थी, एलिजा थापा र मान्धरी थापा घाईते भएका छन् जस मध्य एलिजा र मान्धरीको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट सवारी पास लिएर चलाईएको सो कारले ४ जनाको लागि मात्र सवासी पास लिएको भएपनि कार दुर्घटना पछि कारमा विना अनुमती अन्य २ जना गरी ६ जना चढेको खुल्न आएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">