कोरोना भाइरसको संक्रमणबाट बेलायतमा थप एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा कास्की घान्द्रुक घर भै हाल बेलायतको रेडिङमा बस्दै आएका ६५ बर्षिय लक्षिण बहादुर गुरुङ रहेका छन् ।
श्रीमती र छोरीहरुको साथमा लामो समयदेखी बेलायतमा रहँदै आएका गुरुङलाई कोरोना संक्रमण पुष्टी भएपछि स्थानिय रेडिङ बर्कशायर अस्पतालमा भर्ना गरिएको थियो । स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि १ सातादेखी भेन्टिलेटरमा राखेर उपचार गराईरहेका उनको अस्पतालमा नै मृत्यु भएको हो ।
भुपु गोर्खा सैनिक समेत रहेका उनि धुम्रपान मध्यपान नगर्ने भएकाले स्वस्थ मानिन्थे । यद्यपी विश्वव्यापी महामारीका कारण उनको ज्यान गएको छ ।
यस अघि बेलायतमा कोरोना संक्रमणबाट पोखरा स्थायी घर भै हाल बेलायतको सडवरी टाउन बस्दै आएकी ३९ वर्षीया पुष्पा घले । स्याङ्जाको वालिङ घर भै हाल बेलायतको स्वीन्डनमा रहँदै आएका यामबहादुर मल ९मल्ल० , पर्वत स्थायी घर भई हाल बेलायतको अल्पर्टनमा बस्दै आएका चेत प्रसाद गुरुङ लगायतको मृत्यु भएको थियो ।
प्रतिक्रिया