कोरोना भाइरसका कारण अमेरिकामा एकैदिन थप २ हजार ३ सय ३५ जनाको मृत्यु भएको छ । यो संगै त्यहां कोरानाका कारण मृत्यु हुनेको संख्या २४ हजार ८ सय ४ पुगेको छ भने ६ लाख ११ हजार ७ सय ४५ जना संक्रमित छन् ।
यस्तै स्पेनमा १ लाख ७४ हजार ६० जना संक्रमित हुँदा १८ हजार २ सय ५५ जनाको मृत्यु भएको छ भने बेलायतमा ९३ हजार ८ सय ७३ जना संक्रमित छन् भने १२ हजार १ सय ७ जनाको मृत्यु भएको छ ।
फ्रान्समा १ लाख ४३ हजार ३ सय ३ जना संक्रमित हुँदा १५ हजार ७ सय २९ जनाको मृत्यु भएको छ । जर्मनीमा १ लाख ३२ हजार २ सय १० जना संक्रमित भएका छन् । मृतकको संख्या ३ हजार ४ सय ९५ पुगेको छ ।
इटालीमा संक्रमितको संख्या १ लाख ६२ हजार ४ सय ८८ पुगेको छ । त्यहाँ २१ हजार ६७ जनाको मृत्यु भएको छ ।
त्यसैगरी भारतमा ११ हजार ४ सय ८७ जना संक्रमित हुँदा ३ सय ९३ जनाको मृत्यु भएको छ भने पाकिस्तानमा संक्रमितको संख्या ५ हजार ८ सय ३७ पुग्दा ९६ जनाको मृत्यु भएको छ ।(एजेन्सी)
प्रतिक्रिया