सुषमा देवकोटा
पृथक रंगको खोजिमा
बर्षौ देखी खाली बसेको
क्यानभास हुँ म
तिम्रा ईच्छा अनुसारका रंग
पर्याप्त नहुन सक्छन्
मन चाह चित्रका निमित्त
अलौकिक बागवान बन्ने प्रतिज्ञामा
अकल्पनिय जोखिम छल्दै बाँचेको
एक बिसाल धर्ती हुँ म
तिमीले रोपेका एकाध फुलहरुले
मेरो सौन्दर्य सिमा कायम भएको
भ्रम पनि नपाल
हिसाव किताव नै गर्छौ भने
आउ तिम्रो त्यागको तराजुमा
मेरो आर्तनाद उच्छवास
जोखेर हेरौं र
मोल मोलाई गरौं मेरा सपनाहरुको
मेरा रहरहरुको, भविश्यहरुको र
मैले खडा गरेका सिद्धान्तहरुको
प्रमाण नै पेस गर्ने हो भने
आउ तिमी दुखेको मन लिएर
म तिम्रो नजरमा मैले भोगेको
उत्साह, खुसी, अस्तित्व, घमण्ड
सबै सबैको सफाई दिउँदा
त्यो बखत ह्रदयको ईजलासमा
हार जितको ईन्साफ भै रहँदा
म कामना गर्नेछु
मुस्कान तिम्रै पक्षमा होस्
किनकी यहाँका आँखाहरु
प्रसव पिडा भन्दा
मुस्कुराईरहेको गुलावलाई
महशुष गर्न पारंगत छन् ….
प्रतिक्रिया