US Khabar

लक डाउन बैसाख १५ गते सम्म थप्ने सरकारको निर्णय

- Admin | ३ वर्ष पहिले प्रकाशित

लक डाउन बैसाख १५ गते सम्म थप्ने सरकारको निर्णय

लक डाउन फेरी १२ दिनका लागि थप गरिएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म देशभरि लक डाउन गर्ने निर्णय गरेको हो ।

यस अघि भोली अर्थात बैसाख ३ सम्म सम्मलाई तोकिएको लक डाउन संक्रमितको संख्या थपिदैं गएपछि पुन थप गरिएको बताईएको छ ।
यसअघि सरकारले चैत ११ गते एक हप्ताका लागि भनेर लकडाउन गरेको थियो। पछि उक्त अवधि बढाएर चैत २५ हुँदै वैशाख ३ गतेसम्म पुर्याइएको थियो।

सरकारको लक डाउनले राजधानी र विभिन्न शहरमा डेरा गरी बस्नेहरु भने दैनिक गुजारा चलाउन गाह्रो पर्ने भन्दै गुनासो गर्न थालेका छन् । यद्यपी सरकारले जनताको स्वास्थ्य सुरक्षा भन्दै लक डाउन मार्फत कोरोना नियन्त्रणको कोशिष गरिरहेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">