US Khabar

पेप्सीकोलाको सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना संक्रमण पुष्टी: संक्रमितको संख्या १६ पुग्यो

- Admin | ३ वर्ष पहिले प्रकाशित

पेप्सीकोलाको सनसिटी अपार्टमेन्टका २ जनामा कोरोना संक्रमण पुष्टी: संक्रमितको संख्या १६ पुग्यो

¥यापिड डायग्नोष्टिक टेष्टमा कोरोना संक्रमण देखिएका सनसिटी अपार्टमेन्टका दुई जनामा पीसीआर परीक्षणबाट पनि कोभिड–१९ को संक्रमण रहेको पुष्टि भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिका ९ काँडाघारीमा रहेको सनसिटी अपार्टमेन्टका एकै परिवारका ३ जनाको आरडिटीमा कोरोना भाइरस देखिएपछि सोमबार अस्पताल भर्ना गरिएको थियो ।

उनीहरु मध्ये २ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ भने १ जनाको रिपोर्ट आउन बाँकी छ । अब नेपालमा कोरोना पुष्टि भएकाको संख्या १६ पुगेको छ । उनीहरु चैत ५ गते बेलायतबाट नेपाल आएका थिए ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">