सप्तरीको वीरपुरमा सोमबार लकडाउन उल्लंघन गर्ने माथि प्रहरीले लाठी प्रहार गर्दा भएको तनावकै बीच एक वृद्धाको ज्यान गएको छ ।
तनावका बेला त्यहाँ पुगेकी ती महिलामाथि समेत कुटपिट भएको थियो । बिहान ११ बजे वीरपुरमा घर बाहिर निस्किएका युवालाई प्रहरीले लाठी चार्ज गरेको थियो । ६५ वर्षीया जैनव खातुनको प्रहरीको लाठी प्रहारकै कारण ज्यान गएको वडाध्यक्ष भगवतीप्रसाद चौधरीले बताए ।
प्रहरीले भने वृद्धा ब्लड प्रेसरले ढलेको दाबी गरेको छ । स्थानीयले प्रहरीको गाडी नियन्त्रणमा लिएका छन् भने त्यहाँ नारावाजी तथा विरोध प्रदर्शन पनि भइरहेको छ ।
घटनाबारे प्रहरी र जनप्रतिनिधि र मृतकका आफन्तबीच छलफलसमेत भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया