US Khabar

नेपाल आईपुग्यो कोरोना बिरुद्धको खोप: हप्ता \ दश दिनमा बितरण गरिने

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपाल आईपुग्यो कोरोना बिरुद्धको खोप: हप्ता \ दश दिनमा बितरण गरिने

नेपालमा कोरोना बिरुद्धको खोप अर्को हप्ताबाट बितरण हुने बताईएको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीलेभारतबाट आएको कोरोना भाइरसविरुद्धको १० लाख डोज खोप हप्ता र दश दिनमा वितरण गर्ने बताएका हुन् ।

मन्त्री त्रिपाठीका अनुसार भारतबाट नेपाल आएको सो खोप पहिलो चरणमा डाक्टर, स्वास्थ्यकर्मी, सरसफाइकर्मी र सुरक्षाका लागि अग्रपङ्क्तिमा खटिएकालाई दिईने छ । बिहान भारतको एअर इण्डियाको जहाजबाट नेपाल आएको खोप पालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्तरण गरेका छन् ।

भारतसँगको उच्च सम्बन्धका कारण नेपालमा कोरोनाविरुद्धको खोप भित्र्याउन सफल भएको बताउँदै मन्त्री त्रिपाठीले खोपको बितरणले कोरोना संन्त्रासलाई पनि न्युन गर्नमा मद्यत मिल्ने धारणा ब्यक्त गरेका छन् ।

तस्विर स्रोत: भारतिय दुतावास

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">