गीतकार प्रदीप चापागाईंद्वारा रचना गरिएको नयाँ यूगल गीत ‘लाउँ कि माया…’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कल्याण सिंहद्वारा संगीतबद्ध उक्त गीतमा गायक विक्रम बराल तथा गायिका मेलिना राईको यूगल गायन छ ।
गीतलाई उदयराज पौडेलले संगीत संयोजन गरेका छन् । श्यामश्वेत रसाइलीले यो गीतलाई मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । यश स्टडि वल्र्डले प्रस्तुत गरेको यो गीतको भिडियो गीतकार चापागाईंको आधिकारिक यूट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
दीपक प्रसाद आचार्यद्वारा निर्देशित उक्त गीतको भिडियोमा अभिनेता नाजिर हुसैन तथा मोडल सुमी मानन्धरले अभिनय तथा नृत्य गरेका छन् ।
पवन सुस्लिङको छायांकन तथा सम्पादनको यो भिडियोमा तेञ्जु योञ्जनको कोरियोग्राफी छ ।
प्रतिक्रिया