US Khabar

सुरक्षाको अभिनयमा रचना रिमाल र प्रबिन बेडवालको ‘तिमी कस्की छोरी’ सार्वजनिक (भिडियो)

- Admin | ३ वर्ष पहिले प्रकाशित

सुरक्षाको अभिनयमा रचना रिमाल र प्रबिन बेडवालको ‘तिमी कस्की छोरी’ सार्वजनिक (भिडियो)

गायिका रचना रिमाल र प्रबिन बेडवालको स्वरमा रहेको नयाँ गीत ‘तिमी कस्की छोरी’को भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक गरिएको गीतका शब्द लोकप्रिय गीतकार तथा संगीतकार दीपक शर्माका हुन् ।

पछिल्लो समयकी चर्चित नायिका सुरक्षा पन्तको बेजोड अभिनय रहेको  भिडियोमा सुरक्षाका प्रेमिको रुपमा शम्भु घिमिरेको अभिनय रहेको छ ।पछिल्लो समय पर्यटकीय गन्तब्य बन्दै गएको तनहुँको बन्दीपुरको रामकोटगाउँमा छायांकन गरिएको दृश्यमा सुन्दरी सुरक्षा गाउँले युवतीको अवतारमा देखा परेकी छिन् ।

आरोन अशोक कुमारको छायांकन रहेको भिडियोको सम्पादन निर्देशक लक्ष्मण सुनारकै रहेको छ । नरेन्द्र वियोगीको एरेन्ज रहेको गीतको मिक्स मास्टरिगं साजन शाहले गरेका हुन् । सार्वजनिक गीतको भिडियो मोडल शम्भुकै आफ्नै च्यानल युनिआयन मिडिया युट्युब च्यानलबाट बजारमा ल्याइएको हो ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">