गायक तथा सर्जक रत्न बानियाँको निधन भएको छ । दुवै मृगौलाले काम गर्न छोडेपछि लामो समयदेखी उपचारमा रहेका संगीतकर्मी बानियाँको आज बिहान चावहिल स्थित ॐ अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
नेपाली लोक दोहोरी क्षेत्रमा कुशल गायक र सर्जकको छवि बनाएका बानियाका पानमा सुपारी, हरियो बेलपत्र, पोखरा फेवाताल, लडाईंको लाहुरे लगायतका सयौं गीतहरु चर्चामा रहेका छन् ।राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका आजिवन सदस्य एवम् झरना संगीतका संचालक समेत रहेका बानियाँ गायक, संकलन र गीति लेखनमा पनि उत्तीकै शसक्त संगीतकर्मी हुन् ।
उनको दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारमा कमाएको सबै पैसा सकिएर आर्थिक अवस्था कमजोर भएपछि उनलाई राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केही कलाकार समेत उपचार खर्च संकलन र प्रधान गरेको थियो भने देश बाहिर रहेका नेपाली कलाकारले समेत उनको उपचारको लागि सहयोग गरेका थिए । लामो समय नेपाली संगीत क्षेत्रमा चर्चाको उचाईमा रहेका बानियाँलाई अल्पआयुमानै लागेको मृगौलाको रोगका कारण उनको पछिल्लो दिनचर्या अत्यन्त दयनिय बन्दै गएको थियो ।
बानियाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । बाँनियाका श्रीमती, दुई छोरा र एक छोरी रहेकी छन् ।
नेपालीसंगीत क्षेत्रमा यो साता यता ३ जनाको निधन भएको छ । जसमा बरिष्ठ बाध्यवाधक तथा संगीतकार, गणेश परियारको माघ ४ गते निधन भएको थियो भने यस अघि गत शनिवार बेलायतमा लोक दोहोरी गायक बद्री केसीले आत्महत्या गरेका थिए ।
प्रतिक्रिया