US Khabar

शीतलहरसंगै बढेको चिसोले प्रदेश २ मा ४ जनाको मृत्यु

- Admin | ३ वर्ष पहिले प्रकाशित

शीतलहरसंगै बढेको चिसोले प्रदेश २ मा ४ जनाको मृत्यु

हरेक बर्ष झैं यो बर्ष पनि तपाईमा बढेको चिसो र सीतलहरबाट ४ जनाको मृत्यु भएको छ । अत्याधिक चिसोका कारण पुसयता ४ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेका बालक देखी बृद्ध सम्मका रहेका छन् । जसमध्य सिराह मिर्चैया–७ का ८ वर्षीय बालक जाबिर राइन, सर्लाहीको हरिपूर्वा–४ का २४ वर्षीय रोजाई शेख, सिरहा कर्जन्हा–३ बन्दीपुरका ७० वर्षीय बिल्टु महतो, बरियापुर–१ का ८५ ८५ वर्षीया प्रयागी देवी साह रहेका छन् ।

अहिले प्रदेश नं २ का सिराहा, सप्तरी, रौतहट, धनुसा लगायत ८ वटै जिल्लामा सीतलहर र चिसोको कारण मानिसहरुमा स्वास्थ्य समस्या समेत देखिदैं आएको छ । चिसो हावा र सिरेटोसंगै को सितलहरले बालबालिका र बृद्ध बृद्धालाई सबैभन्दा अप्ठेरो परेको देखिन्छ ।

तापक्रममा गिरावट आएपछि बिहानको समयमा बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन सम्बन्धित स्थानीय तहले सबैमा अनुरोध समेत गरिरहेका छन् ।

यता चिसोका कारण प्रदेश १ का जिल्लाहरु समेत प्रभावित छन् । बिहान लागेको हुस्सु दिउँसो सम्म नहट्दा काठमाडौं बिराटनगर हवाई सेवामा समेत असर परेको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">