भारतले कोभिड बिरुद्धको खोप लगाउन आफ्ना केही नागरिकमा रोक लगाएको छ । कोभिड(१९ विरुद्धको खोप लगाएका केहीमा स्वास्थ्य समस्या देखिएपछि भारतले खोप लगाउन निश्चित प्रावधान तोकेको हो ।
भारतले उत्पादन गरेको कोभ्याक्सिन खोपलाई भारतको बायोटेक कम्पनीले मान्यता दिएसंग सुरु गरिएको कोभिड बिरुद्धको खोप लगायका ३ लाख ८१ हजार जनामध्य ५ सय ८० जनामा स्वास्थ्य समस्या देखिएपछि ति खोप प्रयोगकर्ताको अवस्थालाई ध्यानमा राखी केही सर्त अनुरुप खोप बितरणको निर्णय भएको हो ।
यस अघि सबैलाई खोप बितरण गरेको कम्पनीले खोप पछि स्वास्थ्य समस्या देखिएकाहरुको परिक्षणका आधारमा यो खोप गर्भवती र स्तनपान गराइरहेका आमा, एलर्जी हुने, ज्वरो आएका, रगत पातलो बनाउने औषधि खाइरहेका र रोग प्रतिरोधात्मक क्षमता बढाउने खालका औषधि खाइरहेका व्यक्तिलाई नलगाउन आग्रह गरेको हो ।
कम्पनीले खोप लगाएपछि गम्भीर एलर्जी हुन सक्ने र श्वास फेर्नसमेत समेत समस्या हुन सक्ने, रिँगटा लाग्ने, कमजोर महशुस हुने जस्ता लक्षण देखिने पनि बताएको छ ।
खोपका कारण स्वास्थ्य समस्या देखिएका ५ सय ८० मध्य ३ जनालाई अस्पताल भर्ना गरिएको छ भने अन्यको अवस्था सामान्य रहेको बताईएको छ ।
एजेन्सी
प्रतिक्रिया