US Khabar

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो: रौतहट र कैलालीका किशोर र बृद्धामा कोरोना संक्रमण

- Admin | ३ वर्ष पहिले प्रकाशित

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो: रौतहट र कैलालीका किशोर र बृद्धामा कोरोना संक्रमण

नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । कैलालीको लम्कीमा रेपिड परीक्षणमा कोरोना देखिएकी ६५ वर्षीय महिलामा कोरोना पुष्टि भएको छ ।

यस्तै रौतहटका १९ वर्षीय किशोरमा पनि कोराना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

सोमबारसम्म १० हजार ९ सय ८२ परीक्षण भएका छन् । आजसम्म क्वारेन्टाइनमा ७ हजार १ सय ६६ जना छन् । आइसोलनमा १ सय ३ जनाको उपचार भइरहको छ ।

हिजो पर्सामा संक्रमित भेटिएको क्षेत्रका २८ जनाको परीक्षण भएको छ भने केहीको परीक्षण हुँदै छ । छप्कैदा टोलका ५९ जनाको परीक्षण गरिएको छ । सबैको नेगेटिभ नेगेटिभ आएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

" data-width="100%" data-numposts="5">